तत्कालीन माओवादी राजनीतिक मूलधारमा आएकाे १४ वर्ष पूरा, शान्ति सम्झौताकाे १४ वर्ष उजुरीकाे चाङ – Kanika Khabar
Wednesday, May 1Nepali News Portal

तत्कालीन माओवादी राजनीतिक मूलधारमा आएकाे १४ वर्ष पूरा, शान्ति सम्झौताकाे १४ वर्ष उजुरीकाे चाङ

    मा प्रकाशित

 

कनिका खबर
मंसिर ५, दाङ ।
तत्कालीन माओवादी राजनीतिक मूलधारमा आएकाे १४ वर्ष पूरा भएकाे छ ।

तत्कालीन माओवादी र सरकारकाबीच विस्तृत शान्ति सम्झौता भएकाे पनि आज शुक्रबार १४ वर्ष पूरा भएकाे छ ।

विस्तृत शान्ति सम्झौता भएपछि तात्कालीन माओवादी राजनीतिक मुलधारमा आएको हाे ।

२०६३ मंसिर ५ गते आजकै दिन सरकारका तर्फवाट तत्कालीन प्रधानमन्त्री गिरीजा प्रसाद कोइराला र विद्रोहीका तर्फवाट तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका थिए ।
सरकार र माओवादीबीच भएको सम्झौतापछि नेपालमा जारी १० वर्षे शसस्त्र द्वन्दको औपचारीक अन्त्य भएको दिन पनि हाे आज ।
सोही सम्झौताको जगमा नेपालमा २४० वर्षसम्म निरन्तर शासन गरेको राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य भएको थियो ।
राजतन्त्रको अन्त्यसँगै नेपालमा संविधानसभा मार्फत नयाँ लोकतान्त्रीक संविधान जारी भयो ।
यसबीचमा सत्य निरुपण तथा मेलमिलाप आयोगमा ६३ हजार ७१८ उजुरीहरु दर्ता भएका छन् । जसमध्ये झण्डै ४ हजार उजुरीको प्रारम्भिक अनुसन्धानको काम सम्पन्न भएको छ ।
अहिले आयोगले प्रारम्भिक अनुसन्धान सकिएका उजुरीहरुलाई तीन वर्गमा विभाजन गरिरहेको छ । पहिलो, तामेलीमा राख्ने उजुरी, दोस्रो तत्काल क्षतिपूर्ती दिने उजुरी र तेस्रो थप अनुसन्धान गर्नुपर्ने उजुरी ।
त्यसैगरी वेपत्ता आयोगमा भने हालसम्म ३ हजार २२३ उजुरीहरु दर्ता भएका छन् । यीमध्ये दुई दर्जन उजुरीको प्रारम्भिक छानबिन भइरहेको छ भने २ हजार ५०७ उजुरीहरु विस्तृत छानबिनको क्रममा रहेको आयोगले जानकारी दिएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्