कोरोनाले थलिएका व्यवसायीले पाउने भए राहत, सरकारले सहुलियत ब्याजमा १० करोडसम्म कर्जा उपलब्ध गराउने – Kanika Khabar
Friday, April 26Nepali News Portal

कोरोनाले थलिएका व्यवसायीले पाउने भए राहत, सरकारले सहुलियत ब्याजमा १० करोडसम्म कर्जा उपलब्ध गराउने

    मा प्रकाशित

कनिका खबर
मंसिर ५, काठमाडौँ ।
कोरोना महामारीले थलिएका व्यवसायीहरुले राहत पाउने भएका छन् । सरकारले कोरोना भाइरसबाट अतिप्रभावित क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि घोषणा गरेको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ ।
अर्थ मन्त्रालयका अनुसार व्यवसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ मन्त्रिपरिषद्बाट स्वीकृत भएसंगै कर्जा उपलब्ध गराउने कानूनी बाटो खुला भएको नेपाल राष्ट्र बैंककले जनाएको छ ।
कार्यविधिअनुसार अब कोरोनाबाट अतिप्रभावित क्षेत्रका व्यवसायीले व्यवसायको निरन्तरता र कर्मचारीको तलव भुक्तानी गर्न अधिकतम १० करोडसम्म सहुलियतपूर्ण ऋण लिन सक्ने भएका छन् ।
जसमा घरेलु तथा साना तथा मझौला उद्यम, हवाई, पर्यटन तथा होटेललगायत व्यवसाय रहेको छ । कार्यविधि अनुसार यसरी प्रवाह हुने कर्जाको ब्याजदर पहिलो वर्ष ५ प्रतिशत र दोस्रो वर्ष ६ प्रतिशत कायम भएको छ । यो कर्जाको भुक्तानी अवधि भने दुई वर्षको रहेको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्