कनिका खबर
मंसिर ५, मोरङ ।
मोरङमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । विराटनगरमा उपचाररत ३ जनाको मृत्यु भएको हो ।
मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पताल दुई र विराटनगरको नोबेल शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको हो ।
भारतको साहेवगञ्ज घर भएका ७० वर्षीय वृद्धको उपचारका क्रममा बिहान ६ः५० बजे विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ८८ वर्षीय वृद्धको बिहान ५ः५० बजेतिर मृत्यु भएको छ । वृद्धमा २७ कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो ।
कोरोना पुष्टि भएपछि उपचारका लागि विराटको आइसोलेसनमा भर्ना गरिएका वृद्धको उपचारकै क्रममा ज्यान गएको हो । अस्पतालका अनुसार मृतकमा मधुमेह र उच्च रक्तचापको पुरानै समस्या थियो ।
झापाको गौरादह नगरपालिका–८ का ६३ वर्षीय वृद्ध पुरुषको नोबेल शिक्षण अस्पतालमा बिहान ७ः३० बजेतिर मृत्यु भएको छ ।


