तपाईंको मास्क खाेई भन्दै सिडियाे सडकमा निस्केपछि…….. – Kanika Khabar
Sunday, January 18Nepali News Portal

तपाईंको मास्क खाेई भन्दै सिडियाे सडकमा निस्केपछि……..

    मा प्रकाशित

कनिका खबर

मंसिर ५, दाङ ।
कोरोनाको महामारीकाे जाेखिमबाट सुरक्षित हुन सचेतना प्रदान गर्न तपाईंको मास्क खोइ भन्दै घोराही बजारमा दाङका प्रमख जिल्ला अधिकारी जय नारायण आचार्य आज शुक्रबार सडकमा निस्किएका छन् ।
प्रजिअकाे नेतृत्वमा जिल्ला प्रहरी प्रमुख, विभिन्न सरकारी कार्यालयका कर्मचारी, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिसहित जिल्लाका सरोकारवाला निकायको सचेतनामुलक र्याली समेत निकालिएकाे थियाे। जिल्लाको घोराही, तुलसीपुर, लमहीमा एकैसाथ मास्क लगाउन सचेतनामुलक र्याली निकालिएको हो ।


कोरोनाको महामारीमा सर्बसाधारणले मास्क नै नलगाएर लापरबाही गरेपछि यसरी अभियान चलाइएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । यो अभियान हरेक हप्ताको शुक्रबार केही समय चल्ने उनले बताए ।
घोराहीमा मात्रै कर्मचारी, प्रहरीसहित विभिन्न सरोकारवालासहितको आठ वटा समुहमा बजारका बिभिन्न पसल, ब्यक्तिहरुलाई मास्क लगाउन सचेत गराउनुका साथै मास्क नलगाएका कार, मोटरसाइकल, गाडीमा सवार र सडकमा हिँड्ने सर्वसाधारण मानिसहरुलाई मास्कसमेत प्रदान गरिएको थियो । कार, मोटरसाइकल, टिप्परमा सवारलाई बजारमा रोकेर मास्क नलगाएकोमा सचेत गराइएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्