कोरोनाका कारण अमेरिकामा मात्रै २ लाख ५८ हजार बढिको मृत्यु – Kanika Khabar
Monday, November 23Nepali News Portal

कोरोनाका कारण अमेरिकामा मात्रै २ लाख ५८ हजार बढिको मृत्यु

    मा प्रकाशित

एजेन्सी ।
कोरोनाभाइरसको सङ्क्रमण बढ्दै गएको भन्दै अमेरिकाको क्यालिफोर्निया राज्यमा मानिसलाई घरमै बस्न आदेश दिइएको छ । क्यालिफोर्नियाको सार्वजनिक स्वास्थ्य विभागले अत्यावश्यक काम बाहेक अन्य अवस्थामा घर बाहिर ननिस्कन जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।
भोलिदेखि लागू हुने आदेश आगामी डिसेम्बर २१ तारिखसम्म कायम रहने र आवश्यकता अनुसार फेरि थप हुनसक्ने अधिकारीहरुले जनाएका अमेरिकि सञ्चार माध्यमरुले जनाएका छन् । क्यालिफोर्नियामा मात्रै अहिलेसम्म दश लाख ५९ हजार २६७ जना सङ्क्रमित भएका छन् भने १८ हजार ४६६ जनाको मृत्यु भएको छ । अमेरिकाभर भने १ करोड २० लाख ७२ हजार मानिस सङ्क्रमित भएका छन् । यस्तै अमेरिकामा मात्रै २ लाख ५८ हजार ३ सय ५४ जनाको मृत्यु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्