मालपोत र नापीमा प्रविधिमैत्री सेवा पु¥याउने मन्त्री अर्यालको प्रतिवद्धता – Kanika Khabar
Thursday, April 25Nepali News Portal

मालपोत र नापीमा प्रविधिमैत्री सेवा पु¥याउने मन्त्री अर्यालको प्रतिवद्धता

    मा प्रकाशित

कनिका खबर
मंसिर ५, स्याङ्जा ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मालपोत कार्यालय वालिङलाई नमुना कार्यालय घोषणा गरेकी छिन् । मन्त्रालयको देशैभरका मालपोत र नापी कार्यालय प्रविधिमैत्री, सेवाग्राहीमैत्री बनाउने अभियान अन्तर्गत आज (शुक्रबार) मालपोत कार्यालय वालिङलाई नमुना घोषणा गरेकी हुन् । त्यसक्रममा मालपोत कार्यालयलाई नमुना घोषणा गर्दै मन्त्री अर्यालले मालपोत र नापी कार्यालयबाट प्रदान गरिने सेवा प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउँदै लगिएको बताइन् ।
मालपोत र नापी कार्यालयको बिग्रीएको छबी बदल्नका लागि सफलता प्राप्त हुँदै गएको बताउदै मन्त्री अर्यालले ती कार्यलयहरुबाट प्रवाह हुने सेवाबाट पुष्टि हुँदै गएको बताइन् । सुशासन कायम गर्ने कुरा गाली गरेर मात्र प्राप्त नहुने भन्दै उनले त्यसका निम्ति नयाँ प्रविधिको प्रयोग, नयाँ सिस्टमको विकास गरेर सुशासन कायम गर्न सकिने बताइन् । नमुना भन्दा २÷४ ठाउँमा गर्ने भन्ने पनि हुनसक्ने भन्दै उनले यो सरकारको अभियान भएको भन्दै देशभरका ३३१ वटा मालपोत र नापी कार्यालयमा सेवाग्राहीमैत्री र प्रविधिमैत्री सेवा पु¥याइने बताइन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्