घोराही उपमहानगरपालिकाका विद्यालयको अनुगमन हुने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

घोराही उपमहानगरपालिकाका विद्यालयको अनुगमन हुने

    मा प्रकाशित

कनिका खबर
मंसिर ६, दाङ ।
घोराही उपमहानगरपालिकाले विद्यालय सञ्चालनका लागि मापदण्ड तय गरेको छ । उपमहानगरको शिक्षा समितिको हिजो शुक्रबार बसेको बैठकले २०७७ कार्तिक २० को मन्त्रीस्तरीय निर्णयबाट स्विकृत कोरोना सन्दर्भमा विद्यालय सञ्चालन कार्यढाँचा अनुसार विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

समितिका संयोजक एवं नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले विद्यालय सञ्चालनका लागि मापदण्ड तय गरेको छ । मंसिर ७ गते अर्थात् भोलि आइतबारदेखि बिद्यालय सञ्चालन गर्ने निर्णय गरिएको छ । विद्यालय सञ्चालनका लागि कम संख्यामा विद्यार्थी भएका सविद्यालयले एकै सिफ्टमा विद्यालय सञ्चालन गर्न सक्नेछन् भने धेरै संख्यामा विद्यार्थी भएका विद्यालयले सिफ्ट विभाजन गरेर व्यवस्थापन गर्न सक्ने भएका छन् । एक बेन्चमा २ विद्यार्थी मात्रै राखेर शिक्षण सिकाई क्रियाकलाप गर्ने निर्णय गरेको छ ।

विद्यालयका बसहरु भने मंसिर १० गतेबाट मात्र सञ्चालन गर्न पाउने निर्णय गरिएको छ । बसहरु भएका विद्यालयले विद्यार्थी बोक्दा सिटमा सिमित विद्यार्थी राख्ने र खेपसार गरेर सञ्चालन गर्ने तथा आबस्यक स्वास्थ्य सुरक्षामा विद्यालय, विद्यार्थी र अभिभाबकले विषेश ध्यान दिने निर्णय भएको छ ।

त्यस्तै बैठकले विद्यालयले मापदण्ड पूरा गरे नगरेको अनुगमन गर्न एक अनुगमन समिति पनि गठन गरिएको छ । सामाजिक विकास समितिका संयोजक भरतमणि अर्यालयको संयोजकत्वमा शाखा अधिकृत एवं नगर शिक्षा समितिका सदस्यहरु नारायणप्रसाद पौडेल, ज्ञानेन्द्र गौतम, निशान्त आचार्य र माया रावत सदस्य रहेको विद्यालय अनुगमन समिति गठन गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्