आज आधुनिक गीतिसंग्रह ‘अनमोल’को बिमोचन – Kanika Khabar
Friday, January 23Nepali News Portal

आज आधुनिक गीतिसंग्रह ‘अनमोल’को बिमोचन

    मा प्रकाशित

कनिका खबर
मंसिर ६, दाङ ।

दङाली सष्टा गीतकार एव गजलकार प्रवल बिष्टद्वारा रचना गरिएको आधुनिक गीतिसंग्रह ‘अनमोल’को आज बिमोचन हुने भएको छ । राप्ती साहित्य परिषद् दाङ शाखाको आयोजनामा आज शनिवार घोराहीमा आधुनिक गीतिसंग्रह अनमोलको बिमोचन हुन थालेको हो ।

गजल अभियान दाङका अध्यक्ष समेत रहेका बिष्टद्वारा रचना गरिएको आधुनिक गीतिसंग्रहमा दाङ निवासी विश्वकिर्तीमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको छ । आधुनिक गीतिसंग्रह अनमोलमा बिष्टको एकल रचना र श्रेष्ठको एकल संगीत रहेको छ । बिष्टको यो दोश्रो एकल गीति संग्रह हो । सयुक्त रुपमा अन्य गीतिसंग्रहहरु बजारमा आईसकेका छन् ।

आज शनिवार दिउँसो १२ : १५ बजे घोराहीको सिटी प्लाजामा हुने कार्यक्रममा आयोजक राप्ती साहित्य परिषदले साहित्यकार,गीतकार,पत्रकारलगायत सम्पूर्ण संगीतप्रेमीहरुलाई आग्रह गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्