देशलाई कोरोनामुक्त बनाउनु नीति तथा कार्यक्रमको पहिलो प्राथमिकता – Kanika Khabar
Friday, March 28Nepali News Portal

देशलाई कोरोनामुक्त बनाउनु नीति तथा कार्यक्रमको पहिलो प्राथमिकता

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २ काठमाडौँ ।
सरकारले कोरोना भाइरसका कारण नेपालभित्र कुनै पनि व्यक्तिको मृत्यु हुने अवस्था आउन नदिने बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोभिड १९ बाट मृत्यु हुने अवस्था आउन नदिन सरकार दृढतापूर्वक लागेको बताएकी छिन् । उनले कोभिड १९ बाट देशलाई मुक्त बनाउनु सरकारको पहिलो प्राथमिकता भएको बताइन् । त्यसका लागि सरकारले कोरोना संक्रमणको परीक्षण व्यापक बनाउने, औषधि उपकरण र चिकित्सक लगायत स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था र परिचालन गर्ने राष्ट्रपति भण्डारीले बताइन् । सरकारले महामारीले मुलुकको सामाजिक, आर्थिक अवस्थामा परेको प्रभावको अध्ययन गरिरहेको भन्दै उहाँले यसै आधारमा राज्य प्रंणालीको प्रभावकारिता थप वृद्धि गर्दै जाने बताइन् । त्यस्तै आन्तरिक आवागमन र आपूर्ति व्यवस्था सहज बनाउने, विकास निर्माणलाई तीब्रता दिने कार्यक्रम कार्यान्वयन गर्ने राष्ट्रपति भण्डारीले बताइन् ।

राष्ट्रपति भण्डारीले कोरोना भाइरसको संक्रमणविरुद्ध एकढिक्का भएर लाग्न सबैलाई आग्रह गरेकी छिन् । संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति भण्डारीले आज सबैलाई एकढिक्का भएर लाग्न आग्रह गरेकी हुन् । नेपाल सरकारले चालेको कदममा साथ दिई सहयोग गर्नुभएकोमा सबैमा हार्दिक धन्यवाद प्रदान गर्दछु,’ राष्ट्रपति भण्डारीले भनिन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्