‘पार्टीभित्रको सवाल जवाफले एकताको डोरी नचुडिने’ – Kanika Khabar
Saturday, April 20Nepali News Portal

‘पार्टीभित्रको सवाल जवाफले एकताको डोरी नचुडिने’

    मा प्रकाशित

कनिका खबर
मंसिर ६, काठमाडौँ ।
पार्टीभित्रको विवाद समाधानका लागि सत्तारुढ नेकपाका दोस्रो तहका नेताहरुले छलफल र भेटघाटलाई तीव्रता दिएका छन् । हिजो अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सचिवालय तथा स्थायी कमिटीका केही नेताहरुसँग पार्टीभित्र देखिएको विवादबारेमा कुराकानी गरेका छन् ।
छलफलका क्रममा नेकपाका महासचिव विष्णु पौडेलले पार्टी अध्यक्ष प्रचण्डलाई सचिवालय बैठकमा राखिएको प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् । धुम्बाराहीमा भएको छलफलमा महासचिव पौडेलले यस्तो आग्रह गरेका हुन् । महासचिव पौडेलले प्रस्ताव फिर्ता लिन आग्रह गरेपछि अध्यक्ष प्रचण्डले उक्त विषयमा छलफल गर्दै जाउँला भन्ने जवाफ फर्काएको बताइएको छ । उनले पार्टीभित्रको सवाल जवाफले एकताको डोरी नचुडिने पनि बताए ।
अध्यक्ष प्रचण्डले नेकपा संसदीय दलका उप नेता सुवास नेम्वाङसँग पनि छुट्टै छलफल गरेका  छन् । प्रचण्डले केही दिनअघि बसेको पार्टी सचिवालय बैठकमा १९ पन्नाको प्रस्ताव राखेका थिए । यो बिषयलाइ लिएर पार्टी विभाजनको स्थितिमा पुगेको टिप्पणी भइरहेका बेलामा दोस्रो तहका नेताहरु समन्वयमा जुटेका हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्