मास्क सहयोग – Kanika Khabar
Wednesday, May 1Nepali News Portal

मास्क सहयोग

    मा प्रकाशित

मंसिर ६, स्याङजा ।
दक्षिण कोरियामा रहेका नेपालीले वालिङ नगरपालिकामा पन्ध्र हजार थान सर्जिकल मास्क सहयोग गरेका छन् । पेन्थेक माइग्रेन्ट वेलफेयर सेन्टर नेपाली समिति दक्षिण कोरियाद्वारा मास्क सहयोग गरिएको समितिका संयोजक विशाल जिटीले बताए ।

समितिले वालिङ नगरपालिका कार्यालयलाई आठ हजार ५०० तथा वालिङ नगरपालिका–१३ अन्तर्गतको वडा कार्यालयमा ५००, सरस्वती माध्यमिक विद्यालय उदियाचौरमा दुई हजार ५००, लक्ष्मी माध्यमिक विद्यालय बोधिभञ्ज्याङमा दुई हजार, सर्वशक्ति आधारभूत विद्यालय पाठखोलालाई एक हजार र आँधीखोला बहुप्राविधिक शिक्षालय बोधिभञ्ज्याङमा ५०० गरी कूल १५ हजार थान सर्जिकल मास्क निःशुल्क उपलब्ध गराएको हो ।

 

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्