पेस्तोलसहित १ जना पक्राउ – Kanika Khabar
Thursday, April 18Nepali News Portal

पेस्तोलसहित १ जना पक्राउ

    मा प्रकाशित

कनिका खबर
मंसिर ६, सिरहा ।
सिरहाकाे जगदेव बाबा पोखरीमा छठ मनाउने स्थानमा पेस्तोलसहित एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रहा औरही गाउँपालिका–५ का २२ वर्षीय रविन दास रहेको प्रहरीले जनाएको छ ।

शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइरहँदा पुरानो रिसिईबीको कारण आफ्ना छिमेकी ४२ वर्षीय बिनोद यादवलाई आक्रमण गर्ने योजनाअनुसार रविन छठको घाटमा पेस्तोल बोकेर पुगेका थिए ।
सोही क्रममा रविनले पेस्तोल निकालेर विनोदको कन्चटमा ताकेको स्थानीयले देखेलगत्तै नजिकैको प्रहरी चौकी औरहीमा जानकारी गराएपछि उनलाई पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले बताए ।
दासको साथबाट एक राउण्ड गोली लोड गरिएको एउटा कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने थप २ राउण्ड गोली पनि बरामद भएको शर्माले बताए

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्