कञ्चनपुरमा `गाेप्राे क्यामरा´ प्रयाेगमा – Kanika Khabar
Friday, April 19Nepali News Portal

कञ्चनपुरमा `गाेप्राे क्यामरा´ प्रयाेगमा

    मा प्रकाशित

कनिका खबर
मंसिर ६, कञ्चनपुर ।
कञ्चनपुरमा पहिलाे पटक गाेप्राे क्यामरा प्रयाेगमा आएकाे छ ।
कञ्चनपुर प्रहरीले पहिलो पटक जिल्लामा सवारीसाधन जाँचमा ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको हाे ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार क्यामेराको प्रयोगले कार्यक्षेत्रमा खटिने प्रहरी कर्मचारीको  गतिविधिमाथि पनि निगरानी हुनेछ।

यस क्यामराले हरेक दिनको भिडियोसहितको रेकर्ड जिल्लामा राख्ने काम हुने बताइएकाे छ । ट्राफिक नियम पालना गरी दुर्घटना न्यूनीकरणका लागि याे क्यामराले मद्दत पुराउने बताइएकाे छ ।
सवारी जाँच खटिने प्रहरीले छातीमा क्यामेरा लगाउने भएकाले चालक र प्रहरी दुवैका गतिविधि अटो रेकर्ड हुन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्