तुलसीपुर ७ मा कांग्रेसको इकाई समिति सम्पर्क कार्यालय स्थापना – Kanika Khabar
Thursday, June 11Nepali News Portal

तुलसीपुर ७ मा कांग्रेसको इकाई समिति सम्पर्क कार्यालय स्थापना

    मा प्रकाशित

जीतसागर जी एम
मंसिर ६, दाङ /
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ झुमरेमा नेपाली कांग्रेसले सम्पर्क कार्यालय स्थापना गरेको छ । नेपाली कांग्रेस इकाई समिति वडा नम्बर ७ ले झुमरेमा सम्पर्क कार्यालय स्थापना गरेको हो ।

इकाई कार्यबहाक सभापति हरिबहादुर थापाको अध्यक्षता तथा जिल्ला सभापति कृतिबहादुर खड्काको प्रमुख आतिथ्यता एंव क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति जगतबहादुर खड्काको विशिष्ठ आतिथ्यतामा कार्यालयको स्थापना गरिएको हो ।

कार्यालयको उद्घाटन गर्दै जिल्ला सभापति खड्काले स्थानीयस्तरमै नेता तथा कार्यकर्ता सक्रिय भएमात्रै पार्टी चलायमान हुने बताउनुभयो । उहाँले नेता तथा कार्यकर्ताले कसैलाई आरोप प्रत्यारोप लगाउनु भन्दा पनि आ–आफ्नो स्थानबाट सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए ।

कार्यालयको उद्घाटन कार्यक्रममा क्षेत्रिय सभापति जगत बहादुर खड्काले पार्टीलाई एकमत बनाएर लैजानका लागि सबै जिम्मेवार ढंगले लाग्नुपर्ने बताए ।

कार्यक्रममा महासमिति सदस्य केशबराज आचार्य, महाधिवेशन प्रतिनिधि जोगेन्द्र विश्वकर्मा, देविका नेपाली, पूर्व क्षेत्रिय सभापति तथा वडा नम्बर ७ का अध्यक्ष टोपबहादुर केसी, तरुणदल जिल्ला अध्यक्ष टिका घर्तीले इकाई समितिको कार्यालय स्थापनाले नै पार्टीलाई चलायमान बनाउन सकिने बताए ।

सो कार्यक्रमको सहजीकरण इकाई समिति सचिव ओमबहादुर वलीले गरेका हुन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्