विश्वभर १ करोड ६६ लाख सक्रिय संक्रमित – Kanika Khabar
Monday, April 13Nepali News Portal

विश्वभर १ करोड ६६ लाख सक्रिय संक्रमित

    मा प्रकाशित

एजेन्सी ।
विश्वभरका सक्रिय संक्रमितको संख्या १ करोड ६६ लाख पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ लाख ७६ हजार ५७६ जनामा संक्रमण भएको छ । योसँगै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ६६ लाख ३० हजार ३७८ पुगेको छ । यसमध्ये १ लाख २ हजार ३९१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म कुल संक्रमितको संख्या ५ करोड ८४ लाख ७५ हजार ७४९ पुगेको छ । त्यसमध्ये ४ करोड ४ लाख ५९ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १० हजार ८१९ जनाको मृत्यु भएको छ ।

योसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको संख्या १३ लाख ८५ हजार ७७५ पुगेको छ ।

दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ३ हजार ८९८ जनाको मृत्यु भएको छ ।

युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ५४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा ३४१ संक्रमितको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतकको कुल संख्या ५४ हजार ६२६ पुगेको छ ।

जाडो मौसमसँग संक्रमितको संख्या बढ्दै जाँदा बेलायतलगायत युरोपभर नै मृतकको संख्या बढ्दै गएको छ ।

युरोपमा भने बेलायतपछि इटालीमा सबैभन्दा बढीको मृत्यु भएको छ। इटालीमा अहिलेसम्म ४९ हजार २६१ जनाको मृत्यु भएको छ ।

यस्तै फ्रान्समा पनि ४८ हजारभन्दा बढीको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने युरोपेली मुलुकमा फ्रान्स तेस्रो स्थानमा छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्