काबुलमा भएको रकेट आक्रमणमा आठ जनाको मृत्यु – Kanika Khabar
Friday, March 13Nepali News Portal

काबुलमा भएको रकेट आक्रमणमा आठ जनाको मृत्यु

    मा प्रकाशित

एजेन्सी ।
अफगानिस्तानको राजधानी काबुलमा भएको रकेट आक्रमणमा आठ जनाको मृत्यु भएको छ ।आतंककारी समूहले गएराति करिब २३ राउण्ड रकेट आक्रमण गरेका सरकारी अधिकारीहरूले बताएका छन् ।

प्रारम्भिक जानकारी अनुसार आक्रमणबाट आठको मृत्यु भएको र अन्य ३१ जना घाइते भएका छन् । अफगानी गृह प्रशासनले आक्रमणमा तालिवान समूहको संलग्नता रहेको आरोप लगाएको छ ।

गृहमन्त्रालयका प्रवक्ता तारिक एरियानले आक्रमण तालिवान समूहले गराएको सूचना सरकारले पाएको बताउँदै घाइते सबैलाई सरकारले उपचारको व्यवस्था गर्ने बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्