विप्लव नेतृत्वका कम्पनी सेक्सन कमाण्डर पक्राउ – Kanika Khabar
Wednesday, April 15Nepali News Portal

विप्लव नेतृत्वका कम्पनी सेक्सन कमाण्डर पक्राउ

    मा प्रकाशित

कनिका खबर
मंसिर ७, मोरङ ।
नेत्र विक्रम चन्द विप्लव समूहका कम्पनी सेक्सन कमाण्डर पक्राउ परेका छन् ।

मोरङको उर्लाबारीबाट प्रहरीले ‘विप्लव’ नेतृत्वको नेकपासँग आवद्ध ताप्लेजुङको फक्ताङ्लुङ् गाउँपालिका–२ का ३२ वर्षीय पेम्बा साङ्गो शेर्पालाई पक्राउ गरेको हो । पक्राउ परेका शेर्पा ‘विप्लव’ समूहको ४ नम्बर कम्पनीका सेक्सन कमान्डर रहेको प्रहरीको दाबी छ ।

पक्राउ परेका शेर्पाको साथबाट एउटा पेस्तोल, म्यागजिन, तीन राउण्ड गोली, पार्टीको पर्चा, पम्प्लेट लडाकुका लागि आवश्यक पर्ने बन्दोबस्तीका सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।

आठवटा ब्याग, १८ वटा ज्याकेट, मोबाइल, डायरीलगायत सामग्री पनि बरामद भएको छ । ज्याकेट र ब्याग भने लडाकुका लागि खरिद गरिएको प्रहरीको दाबी छ ।

शेर्पाविरुद्ध हातहतियार खरखजना ऐन अन्तर्गत मुद्दा चलाउन आइतबार म्याद थप गर्ने प्रहरीले बताएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्