नमुना धार्मिक तथा पर्यटकीय स्थल बन्दै कुलपानी सामुदायिक वन – Kanika Khabar
Wednesday, May 15Nepali News Portal

नमुना धार्मिक तथा पर्यटकीय स्थल बन्दै कुलपानी सामुदायिक वन

    मा प्रकाशित

ओमप्रकाश गुप्ता
सिसहनियाँ ७ मंसिर ।
दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ बडहरामा रहेको कुलपानी सामुदायिक वन नमुना धार्मिक तथा पर्यटकीय स्थल बन्दै जान थालेको छ । धार्मीक तथा पर्यटकीय स्थल कुलपानी जाऔँ आन्तरिक पर्यटकीय स्थलको प्रवद्र्धन गरौँ भन्ने मुल नारा अगाडि सारेर जिल्लाकै वन समुहमा नमुनायोग्य कार्यको थालनी गरिएको छ ।
वन वातावरणको संरक्षण गर्दै पर्यापर्यटनको विकासका लागि सरोकार वालाहरुसँगको सहयोगमा वडहरा धार्मीक तथा पर्यटकीय स्थलको विकासमा काम सुरु भैरहेको छ । कालाकाटे गढवा सडक खण्डको कालाकाटे देखी ४ किलोमिटर पश्चिम पर्ने सो वन क्षेत्र ४३६.२ हेक्टर क्षेत्रफल रहेको छ । वनमा विभिन्न प्रजातीका चराचुरुङी, जनावर, फलफूल, वनस्पती, जडीबुटी रहेका छन् । भने रमणीय क्षेत्रको रुपमा समुहले प्राकृतिक सौन्दर्यताको संरक्षण गर्दै तालतलैया , बगैचा, मन्दिर, हरितपार्क, पैदल मार्ग, बन्यजन्तुको संरक्षण, रुख, टावर लगायतको संरचनाको संरक्षण गर्दै निर्माण कार्य सुरु गरेको छ । जिल्लाकै नमुना सामुदायिक वनको रुपमा परिचित वन समुहले स्थानीय गाउँपालिका, वन कार्यालय, उद्योग ब्यवसायी, सहयोगी ब्यक्तिको सहयोगमा हेर्न लायक हरितपार्कको विकास गरिरहेको छ । सो पार्क स्थापनामा सहयोग गर्न समुहको तर्फवाट सहयोगको आब्हान समेत गरिएको छ ।
यता गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले कुलपानीको पर्यापर्यटन अभियान गढवाकै उदारणीय र सुन्दर स्थलको रुपमा विकास भैरहेकोमा खुसी ब्यक्त गर्दै कुलपानी धार्मीक तथा पर्यटकीय स्थलको विकासमा गढवा गाउँपालिका लागी पर्ने बताएका छन् । भने वन समुहका अध्यक्ष नमराज शर्माले दाङ क्षेत्रकै नमुना योग्य धार्मीक तथा पर्यटकीय स्थलको सम्भावना बोकेको कुलपानी क्षेत्रको विकासमा सबैको सहयोगको आब्हान गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्