सुत्केरीको मृत्यु भएपछि अस्पताल तोडफोड – Kanika Khabar
Saturday, January 17Nepali News Portal

सुत्केरीको मृत्यु भएपछि अस्पताल तोडफोड

    मा प्रकाशित

कनिका खबर
मंसिर ७, सिरहा ।
सिरहाको एक अस्पतालमा सुत्केरीको मृत्यु भएपछि अस्पताल तोडफोड गरिएको छ । सिराहाको लहानस्थित डिभाइन अस्पतालमा चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तीहरुले तोडफोड गरेका हुन् ।

सुखीपुर नगरपालिकाकी एक महिलाको शल्यक्रिया लापरबाही तरिकाले गर्दा सुत्केरीको मृत्यु भएको हो ।

प्रसूति गराउन शनिबार दिउँसो लहानस्थित डिभाइन हेल्थ केयर अस्पताल भर्ना भएकी सुखीपुर नगरपालिका वडा नम्बर ९ वैशाखाकी आरती साहको शल्यक्रिया गर्ने क्रममा मृत्यु भएको छ । मृतकका आफन्तका अनुसार शनिबार राति २७ वर्षीया साहको शल्यक्रिया गर्ने क्रममै मृत्यु भएको हो ।

उनीहरुका अनुसार चिकित्सकले लापरबाही गरेका कारण उनको मृत्यु भएको छ । महिलाको मृत्यु भएपछि शल्यक्रिया गर्ने चिकित्सकसहित अस्पतालका सञ्चालक र अन्य कर्मचारी पनि फरार भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्