जनताको स्वास्थ्य सुरक्षामा ध्यान दिन सरकालाई साना दलको आग्रह – Kanika Khabar
Friday, April 19Nepali News Portal

जनताको स्वास्थ्य सुरक्षामा ध्यान दिन सरकालाई साना दलको आग्रह

    मा प्रकाशित

दाङ,७ मंसिर ।

जनताको स्वास्थ्य सुरक्षामा वर्तमान सरकारलाई ध्यान दिन साना दलहरुले आग्रह गरेका छन । राष्ट्रिय जनमोर्चा, नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जागरण मञ्च,जनगणतान्त्रीक मोर्चालगायत दलहरुले सयुक्त रुपमा आइतवार घोराहीको तुलसीपुर चोकमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्वोधन गर्ने नेताहरुले कोरोना भाइरसको महामारीको समयमा सरकारले जनतालाई स्वास्थ्य सुरक्षाको प्रत्याभुति दिन नसकेको बताएका हुन ।

 

विरोध कार्यक्रमलाई संवोधन गर्ने बक्ताहरुले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका भष्ट्रचारमा लागेको समेत आरोप लगाएका थिए । उनीहरुले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका साथै एमसिसी सम्झौता खारेजी गर्नुपर्ने भन्दै खारेज नगरे थप सशक्त आन्दोलन गर्ने बताएका थिए । एमसिसी पासले नेपालको विकास भन्दा विना बढी गर्ने भएकाले कुनै पनि हालतमा पास गर्न नहुने बताएका थिए ।

 

भारतद्धारा मिचिएका लिपुलेक,लिम्पियाधुरा र कालापानी नेपालकै भूमी भएको भन्दै उनीहरुले सरकारले बनाएको नक्सालाई पाठ्यक्रममा समावेश गर्न समेत आग्रह गरेका थिए । उनीहरुले बर्तमान सरकार कम्युनिष्टका नाममा नाम मात्र रहेको र सिद्धान्त र व्यवहार छोडिसकेको समेत आरोप लगाएका थिए ।

कार्यक्रमलाई नेकपा मालेका पोलिटव्यूरो सदस्य गोविन्द केके, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, जनअधिकार मञ्चका कृतिबहादुर चौधरी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष नरेन्द्र बञ्जाडेलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य सुशील पोख्रेलले गरेका थिए ।

कार्यक्रमका सहभागीहरुले लिपुलेक,लिम्पियाधुरा र कालापानी हाम्रै हो, एमसिसी सम्झौता खारेज गर, अमेरिकी साम्रज्यवाद मुर्दावादलगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्