नेकपाभित्रको विवादले देशलाई खतरा : सहमहामन्त्री महत – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नेकपाभित्रको विवादले देशलाई खतरा : सहमहामन्त्री महत

    मा प्रकाशित

लिलाधर वली
दाङ,७ मंसिर ।

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले नेकपा पार्टीभित्रको विवादका नाममा विदेशी चलखेल बढेको बताएका छन् ।
नेपाली कांग्रेस दाङले आयोजना गरेको पार्टी भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै सहमहामन्त्री महतले पार्टीभित्रको आन्तरिक विवाद मिलाउने नाममा विदेशी शक्तिको चलखेलले राष्ट्र र राष्ट्रियतालाई खतरामा पार्ने काम गरेको समेत बताएका हुन ।

‘नेकपाको विवाद मिलाउने नाममा चिनिया हस्तक्षेत्र बढेको छ’–उनले भने–‘यस्तै अवस्थामा हुदै जाने हो भने भोली भारत र अमेरिकाले पनि चासो बढाए, नेपाल विदेशीहरुको अखडाको केन्द्र बन्ने खतरा रहन्छ ।’ उनले विदेशी हस्तक्षेत्रका विरुद्ध सवैनेपाली जनताहरुलाई पार्टीभन्दा माथि उठेर विरोध गर्न समेत आग्रह गरे ।

त्यसैगरी उनले वर्तमान सरकार प्रहरी, प्रशासन र संवैधानिक निकायलाई कब्जामा लिन एर आगामी निर्वाचन पनि जित्ने दाउमा लागेको आरोप लगाएका छन् । सहमहामन्त्री महतले नेकपाको सरकार तीन वटै प्रमख अंगलाई आफ्नो नियन्त्रणमा लिएर आगामी निर्वाचन आफ्नो पक्षमा पार्ने खेलमा लागेको बताएका हुन् । उनले बहुमत प्राप्त नेकपाको सरकार नागरिकको सुरक्षामा खटिनु पर्ने बेलामा आफ्नै आफ्नै भविष्य के हुने भन्ने अवस्थामा पुगेकाले अनावश्यक खिचातानीमा फसेको बताए ।

कोरोना महामारीको कारण देखाएर राज्य कोषको पूँजीका ब्रह्मलुट मचाएको बताउँदै हालसम्म कोरोना रोकथाममा भएको काम निरर्थक रहेको टिप्पणी गरे । प्रतिपक्षी कांग्रेसले कोरोना रोकथामका लागि शुरुवाती चरणमा सघााउने बताई रहँदा सरकारले बेवास्ता गर्दा अहिले यो स्थिती निम्तिएको उनको जिकिर थियो ।

कोरोना नियन्त्रणका नाममा हालसम्म २० अर्ब रुपैयाँ खर्च भएको बताएको सरकारले यसको खर्च विवरणको आधिकारिक पुष्ट्याईँ गर्न नसकेको बताउँदै उनले संसद अधिवेशन नचलेको लाभ लिई रहेको पनि बताए । नेपाली कांग्रेसले गठन गरेको कोरोना रोकथाम तथा यसको प्रभाव अनुगमन समिति संयोजक समेत रहेका नेता महतले देशभरका विभिन्न जिल्लामा कोरोना रोकथाम र उपचारमा भएका प्रयास र गर्नु पर्ने कामका बारेमा सरकारलाई सुझावसमेत दिएको बताउँदै उक्त सुझाव अक्षरस पालना गरी नागरिकको जीउधनको रक्षामा गम्भीर बन्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह पनि गरेका छन् ।

फरक प्रसंगमा सहमहामन्त्री महतले नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी फागुनमा हुनै नसक्ने बताएका छन् । अहिलेको अवस्थामा पार्टीभित्रका सबैलाई सहमतिमा ल्याएर लैजाने पार्टी सभापति शेरबहादुर देउवाको सोँचका कारण पनि निर्णय प्रकृयामा ढिलाई भएको बताए ।
पार्टीभित्रका विभिन्न संगठन तथा कमिटिमा महाधिवेशनको संघारमा सभापतिले नियुक्ति दिनु सान्दर्भिक रहेको बताउँदै वर्षौ वर्ष पार्टीमा रहेर काम गरेकालाई एक पटक पदमा बस्ने मौका पाउनुले पनि पार्टीलाई फाइदा हुने उनको भनाई थियो । यस्तै, उनले महाधिवेशन सम्पन्न गर्नका लागि अहिले बढी विवादका रुपमा कृयाशील सदस्यता वितरणको काम रहेको बताएका छन् । देशभरका ७७ वटै जिल्लाबाट जिल्ला सभापतिलाई मंसीर मसान्तसम्ममा कृयाशील सदस्यताको विवरण केन्द्रमा पठाउन भनिएकोमा व्यवहारिक रुपमा यो माघसम्म जान सक्ने उनको अनुमान छ । आगामी भदौसम्मा जसरी पनि महाधिवेशन गरी सक्नु पर्ने विधानमा व्यवस्था भएकाले त्यो समयभन्दा अगावै सम्पन्न गर्ने गरी काम थाल्न जिल्ला मातहतका सबै कार्यकर्तालाई उनले निर्देशन पनि दिएका छन् ।
जिल्ला सभापति कीर्तिबहादुर खड्को अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव शंकर डाँगीले गरेका थिए । कार्यक्रममा जिल्ला तहका कांग्रेसका नेता तथा भातृ संगठनका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्