रौतहटका बिद्यालय उमेरका बिद्यार्थी लागु औषध सेवनमा फस्दै – Kanika Khabar
Saturday, April 27Nepali News Portal

रौतहटका बिद्यालय उमेरका बिद्यार्थी लागु औषध सेवनमा फस्दै

    मा प्रकाशित

उपेन्द्र गोले
मंसिर ७, रौतहट ।
रौतहटका अधिकांश विद्यालय पढ्ने उमेरका विद्यार्थी लागु औषध सेवन गर्ने गरेको पाइएको छ । लकडाउनले लामो समयदेखि विद्यालय बन्द रहँदा रौतहटका विद्यार्थी यस्ता कुलतमा फस्ने गरेको स्थानीयले बताएका छन् । रौतहटको चन्द्रपुर नगरपालिकाको दुर्गा माध्यामिक विद्यालय ठाडा टोलका प्रधानाध्यापक नारायण कार्कीले लागुऔषधको कुलतमा लागेकै कारण कतिपय विद्यार्थीले बीचमै पढाइ छाड्ने गरेको बताए ।

आफ्ना बिद्यालयमा अध्ययनरत ८÷१०बालबालिका हरेक बर्ष लागुऔषधमा फसेकै कारण विद्यालय छोड्ने गरेको कार्कीको भनाइ छ । विद्यालय बन्द भएको कारण विद्यार्थी फुर्सदिला भएकाले पनि गलत सङ्गतमा फस्ने जोखिम बढेको शिक्षक शंकर भट्टराइले बताए ।
२०७६ सालमा नेपालभर सबै उमेरका एक लाख ३० हजार ४ सय २४ लागुऔषध प्रयोग कर्ता रहेका छन् । तीमध्ये पुरुषको सङ्ख्या एक लाख २२ हजार छ भने महिला झण्डै ९ हजार छन् । लागुऔषधका रूपमा गाँजा, अफिम, सुँघ्ने र उत्तेजना दिने पदार्थको प्रयोग हुने रौतहट प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सबैभन्दा बढी गाँजा र त्यसले बनेका लागू पदार्थको प्रयोग भइरहेको पाइएको छ ।

साथीको दबाब, मनोरञ्जन, तनावजस्ता कारणले पनि लागु औषध प्रयोगकर्ता बढेका लागु औषध नियन्त्रण ब्यूरो रौतहटले जनाएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ रौतहटको तथ्याङ्कमा आर्थिक वर्ष २०७५÷७६मा विद्यालय छोड्ने विद्यार्थी लगभग १० प्रतिशत रहेको पाइएको छ । यद्यपि लागुऔषधकै कारण पढाइ प्रभावित हुने विद्यार्थीको संख्या कति छ भन्ने तथ्यांक एकाइसँग नरहेको इकाइ रौतहटका प्रमुख रामविनय सिंहले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्