दाङमा पुष्टि भएका कोरोना सङ्क्रमितबाट कम्युनिटी ट्रान्समिसन नभएको – Kanika Khabar
Friday, April 26Nepali News Portal

दाङमा पुष्टि भएका कोरोना सङ्क्रमितबाट कम्युनिटी ट्रान्समिसन नभएको

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २, दाङ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा पछिल्लो पटक अद्यावधिक गरिएको जानकारी अनुसार दाङका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दाङका तीन जनामा सङ्क्रमण पुष्टि भए पनि उनीहरुबाट कम्युनिटी ट्रान्समिसन नभएको खुलेको छ ।

दाङका तीन जना सङ्क्रमित मध्ये दुई जना गढवा गाउँपालिका रहेका छन् । गढवा गाउँपालिका वडा नं. ४ का ३६ वर्षीय र सोही गाउँपालिका वडा नं. ५ का २३ वर्षीय पुरुष सङ्क्रमित भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि शुक्रबार नै पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
गढवा गाउँपालिकाका सङ्क्रमितद्वय भारतबाट कृष्णनगर आएर केही दिन बसेको स्रोतले जनाएको छ । कृष्णनगरबाट एम्बुलेन्समा ल्याएर दाङको एक क्वारेन्टाइनमा राखिएको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले बताएका छन् । क्वारेन्टाइनमा राखेर नै उनीहरुको स्वाब परीक्षण गरिएकोले उनीहरुबाट कम्युनिटी ट्रान्समिसन नभएको बताइएको छ ।

साथै तुलसीपुर वडा नं. ७ निवासी ३४ वर्षीय पुरुष कामको सिलसिलामा काठमाडौंमा नै बसोबास गर्दै आएको नगर प्रमुख पाण्डेले जानकारी दिएका छन् । उनी काठमाडौँको एक अस्पतालमा कार्यरत छन् । उनको स्वाब काठमाडौँमा नै परीक्षण गरिएको र हाल उनको काठमाडौँमा नै उपचार भइरहेकोले उनीबाट पनि कम्युनिटी ट्रान्समिसन भएको छैन.

(यो पनि पढ्नुहोस्)

दाङमा ३ जनालाई कोरोना सङ्क्रमण पुष्टि

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्