जायराले भनिन् ‘मेरो फोटो डिलिट गर्नुस्’ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

जायराले भनिन् ‘मेरो फोटो डिलिट गर्नुस्’

    मा प्रकाशित

एजेन्सी ।
फिल्म तथा ग्ल्यामर दुनियाबाट आफुलाई अलग बनाएकी अभिनेत्री जायरा वसीमले फ्यान आफ्नो तस्बिर डिलिट गर्न अनुरोध गरेकी छन् । उनले आफुले जीवनको नयाँ अध्याय सुरु गर्न लागेको भन्दै फ्यानसँग फ्यानपेजबाट पुरानो तस्बिर हटाउन अनुरोध गरेकी हुन् ।

यस बिषयमा उनले सामाजिक संजालमा एउटा लामो स्टाटस समेत पोस्ट गरेकी छन् । जसमा भनेकी छन् ‘म सबैको आभार प्रकट गर्दछु । तपाईहरुले मलाई प्रेम जो दिनुभयो । हरेक काममा मेरो साथ रहनु भयो ।’

उनले अगाडि लेखेकी छन् ‘म सबैसँग अनुरोध गर्दछु । मेरो तस्बिर आफ्नो सामाजिक संजालबाट हटाइदिनुस् ।’

जायराले आफ्नो इस्टाग्राम, ट्वीटर र फेसबुक जस्ता सामाजिक संजालको एकाउन्टबाट समेत आफ्ना पुराना तस्बिर सबै हटाएकी छन् । अहिले उनको सामाजिक संजालको खातामा एक पनि फोटो देख्न सकिन्न । त्यसको सट्टा उनले धार्मिक बिचार भरिएको पोष्ट राखेकी छन् ।

जायराले ‘दंगल’, ‘सीक्रेट सुपरस्टार जस्ता फिल्ममा काम गरेकी थिइन् । २०१९ देखि बलिउडसबाट दुरी बनाएकी उनले यसको पछाडीको कारणले धर्म बताउदै आएकी छन् । बलिउड छोडेपछि पनि उनको एक फिल्म ‘दी स्काय इज पिंक’ रिलिज भएको थियो । जसमा उनले प्रेरणादायक भाषण दिै आएकी आयशा चौधरीको भुमिका निर्वाह गरेकी थिइन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्