प्रदेश १ मा ३११ सङ्क्रमित निको, २१४ थप – Kanika Khabar
Saturday, January 17Nepali News Portal

प्रदेश १ मा ३११ सङ्क्रमित निको, २१४ थप

    मा प्रकाशित

रासस ।
प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ३११ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्केका छन् । यससँगै उपचारपछि निको हुनेको सङ्ख्या अहिलेसम्म २० हजार ८९९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा ८०७ जनाको पिसीआर परीक्षण गरिएकामा ७८ महिलासहित २१४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्रमित हुनेमा मोरङका ७३ मध्ये विराटनगरमा ३४, सुनसरीका ५३, झापाका ५०, सङ्खुवासभा र इलामका छ÷छ, खोटाङका तीन, उदयपुरका दुई, धनकुटा र पाँचथरका एक÷एक र प्रदेश बाहिरका १९ जना रहेका छन् ।

प्रदेशमा सङ्क्रमितको सङ्ख्या अहिलेसम्म २५ हजार २९० पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै एक लाख ८३ हजार ४१४ जनाको पिसीआर परीक्षण सम्पन्न गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्