काँग्रेस सरकारमा नजाने – Kanika Khabar
Tuesday, May 19Nepali News Portal

काँग्रेस सरकारमा नजाने

    मा प्रकाशित

कनिका खबर
मंसिर ८, दाङ ।
नेकपाभित्रको विवाद चुलिरहँदा सरकाका लागि अंक गणीतिय जोड घटाउ पनि हुन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले काङ्ग्रेसका सत्ता साझेदारका लागि प्रस्ताव गरेको कुरा बाहिरिएको छ । यसैबीच नेपाली काँग्रेसले बर्तमान कार्यकाल भरी सरकारमा नजाने फेरि पनि दोहो¥याएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवासँग बालुवाटारमा भेटेर गठबन्धनको सरकार बनाउन प्रस्ताव गरेको खबर बाहिरिएपछि काँग्रेसले सरकारमा नजाने स्पष्ट पारेको हो ।

काँग्रेस सरकारमा जाने भ्रममा नपर्न काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले आग्रह गरे । नेकपाको द्वन्द्वसँग काँग्रेसको कुनै सम्बन्ध नरहेको भन्दै उनले यता र उताको जोड घटाउमा काँग्रेसको शिर गन्ने धृष्टता नगर्न पनि आग्रह गरेका छन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्