सिसडोलवासी १८ बुँदे माग राख्दै पुनः आन्दोलित – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

सिसडोलवासी १८ बुँदे माग राख्दै पुनः आन्दोलित

    मा प्रकाशित

मंसिर ८,नुवाकोट ।
१५ वर्षदेखि काठमाडौं उपत्यकाको फोहोर विर्सन गरिदै आएको नुवाकोटको ओखरपौवाका सिसडोलवासी पुनः आन्दोलत भएका छन् । उनीहरुले १८ बुँदे माग राख्दै माग पूरा गर्न महानगरलाई अल्टिमेटमसमेत दिएका छन् । सरकार तथा काठमाडौ महानगरसँग विभिन्न १८ बुँदे माग राख्दै सिसडोलबासी आन्दोलित भएका हुन् ।

विदुरदेखि ५५ किलोमिटर पूर्वमा रहेको सिसडोलमा स्थानीयले शिक्षा, स्वास्थ्य, सडक लगायत विकास निर्माण गर्नुपर्नेलगायतका १८ बुँदे माग राखेका छन् । उनीहरुले यहि मंसिर २० गतेसम्म माग पूरा नभए फोहोर फाल्न नदिने चेतावनी दिएका छन् । उनीहरुलाई स्थानीय जनप्रतिनीधिहरुलेसमेत साथ दिएका छन् ।

आधुनिक र वैज्ञानिक तरिकाबाट फोहोरमैला व्यवस्थापन गर्नुपर्ने, मानव स्वास्थ्यको पूर्ण ग्यारेण्टीसहित जीवन बीमा गरिनुुपर्ने, विकास निर्माणका काम जनताले भनेअनुसार तत्काल सुरुवात गर्नुपर्ने उनीहरुको माग छ । जग्गा अधिग्रहण राजनीतिक दलका सिमित व्यक्तिको आधारमा प्रभावित क्षेत्र भित्र हुनुको औचित्य पुष्टि गर्नुपर्ने, रोनाष्टको आधारमा प्रभावित क्षेत्र घोषणा हुनुपर्ने स्थानीयको माग रहेको ककनी गाउँपालिका सिसडोलका वडाध्यक्ष चन्द्रवहादुर वलामीले बताउनुभयो ।

उहाँका अनुसार बञ्चरे डाँडामा ल्याण्डफिल साइड फोहोर फाल्न तयारी अवस्थामा रहेपनि स्थानीयले आफ्ना मागहरु पूरा नभएसम्म फाल्न नदिने बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्