कुटपिटबाट घर्तीको ज्यान गयो – Kanika Khabar
Tuesday, April 21Nepali News Portal

कुटपिटबाट घर्तीको ज्यान गयो

    मा प्रकाशित

कनिका खबर
मंसिर ८, दाङ ।
कुटपिटबाट रोल्पामा एक जनाको ज्यान गएको छ । रोल्पा नगरपालिका–५ छाप निबासी २८ बर्षका मोहन विकको कुटपिटबाट सोही ठाउँ बस्ने ५६ बर्षका भिमराज घर्तीको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

सामान्य विषयलाई लिएर विकको कुटपिटबाट घाइते भएका घर्तीलाई उपचारका लागि कोहलपुर लग्दै गर्दा हिजो बाटोमा मृत्यु भएको लुम्बिनी प्रदेशका प्रवक्ता राजकुमार वैदवारले जानकारी दिए । हत्या आरोपमा विकलाई प्रहरीले दाङको घोराहीबाट पक्राउ गरेको छ

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्