लक्ष्मण विश्वकर्मा
मंसिर ८, दाङ ।
दाङ सहित साविक राप्तीका पाँच जिल्लामा ३० वटा अस्पतालको एकै दिन शिलान्यास गर्ने तयारी थालिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ५,१० र १५ शैया सम्मको अस्पताल नभएका स्थानिय पालिकाहरुमा अस्पतालको भवन बनाउन एकैदिन शिलान्यास गर्ने कार्यतालिका अनुसार साविक राप्ती अन्चलका पाँच जिल्लामा ३० वटा अस्पतालको एकै दिन शिलान्यास हुने भएको छ । दाङमा ६ वटा, सल्यानमा ७, रोल्पामा ७, रुकुम पुर्वमा २, रुकुम पश्चिममा ३ र प्युठानमा ५ गरी साविक राप्तीमा ३० वटा अस्पतालको भवन निर्माण हुने भएको हो ।
ती मध्ये दाङमा पाँच वटा , सल्यानमा ५, रोल्पामा ६, रुकुम पश्चिममा ३ र प्युठानमा ५ गरी २४ वटा अस्पताल १५÷१५ शैयाको हुने भएको छ भने सल्यानमा २ वटा १० ÷१० शैया अस्पताल बन्ने भएको छ । यस्तैगरी रुकुम पुर्वमा २ , दाङ र रोल्पामा एक÷एक गरी चार वटा अस्पताल ५÷५ शैयाको हुने भएको छ । मन्त्रालयका अनुसार १५ शैयाको अस्पताल हुनेमा पश्चिम दाङको दंगीशरणमा श्रीगाउँ स्वास्थ्य चौकी, बबई गाउँपालिकाको पुरन्धारा स्वास्थ्य चौकी, शान्तीनगरको बाघमारे स्वास्थ्य चौकी, बंगलाचुली गाउँपालिकाको कमिरेचौर स्वास्थ्य चौकी र राप्ती गाउँपालिकाको सिसहनिया स्वास्थ्य चौकी रहेका छन् ।
यस्तैगरी सल्यानको कपुरकोट स्वास्थ्य चौकी, बन्गाड कुपिन्डे नगरपालिकाको देवस्थल स्वास्थ्य चौकी, कालिमाटी गाउँपालिका अन्र्तगत कालिमाटी स्वास्थ्य चौकी, कुमाख गाउँपालिकाको कालागाउँ आधारभुत स्वास्थ्य केन्द्र र दार्मा गाउँपालिकाको भालचौर स्वास्थ्य चौकी, रोल्पाको रुन्टीगढीमा होलेरी प्राथमिक स्वास्थ्य केन्द्र, सुनिलस्मृति गाउँपालिकाको सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्र, माडी गाउँपालिकाको घर्तिगाउँ स्वास्थ्य चौकी, थवाङ गाउँपालिकामा थवाङ स्वास्थ्यचौकी,परिवर्तन गाउँपालिका र त्रिवेणी गाउँपालिकाको नेर्पा स्वास्थ्य चौकीमा १५/१५ शैयाको अस्पताल भवन निर्माण हुने भएको छ ।
रुकुम पश्चिमको सानो भेरी गाउँपालिकाको सिम्ली स्वास्थ्य चौकी, चौरजहारी नगरपालिकाको कोटजहारी प्राथमिक स्वास्थ्य केन्द्र, आठविसकोट नगरपालिकाको आठविसकोट स्वास्थ्य चौकी, प्युठानको ऐरावती गाउँपालिकाको बरौला स्वास्थ्य चौकी, गौमुखी गाउँपालिकाको पुजा स्वास्थ्य चौकी, नौबही गाउँपालिकाको लुङ स्वास्थ्य चौकी, माण्डवी गाउँपालिकाको देवस्थल स्वास्थ्य चौकी र मल्लरानी गाउँपालिकाको खलङगा प्राथमिक स्वास्थ्य केन्द्रमा पनि १५÷१५ शैयाको अस्पताल बन्ने भएको छ ।
यस्तैगरी दाङको घोराही उपमहानगरपालिका अन्र्तगत लक्ष्मीपुर स्वास्थ्य चौकी , रुकुम पुर्वको सिस्नेगाउँपालिकाको रुकुमकोट स्वास्थ्य चौकी,भुमे गाउँपालिकाको चुनवाङ स्वास्थ्य चौकी र रोल्पाको सुनछहरी गाउँपालिकाको जैमकसला पोवाङ स्वास्थ्य चौकीमा ५÷५ शैयाको अस्पताल बन्ने भएको छ ।सल्यानको सिद्धकुमाख गाउँपालिकाको कालागाउँ स्वास्थ्य चौकी र बागचौर नगरपालिकाको थारमारे प्राथमिक स्वास्थ्य केन्द्रमा १०÷१० शैयाको आधारभुत अस्पतालको भवन निर्माण हुने मन्त्रालयले जानकारी दिएको छ ।
गएको कात्तिक २ गते अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयको पदाधिकारीहरुको बसेको बैठकले आगामी मंसीर १५ गते देशभर ३९६ वटा अस्पतालको एकै दिन शिलान्यास गर्ने निर्णय गरेको छ । सोहि अनुसार सरकारले अस्पताल निर्माणका लागि आर्थिक स्रोत र जग्गासमेत सुनिश्चित गरिसकेको छ । यी सबै अस्पताल दुई वर्षभित्र बनाइसक्ने सरकारको लक्ष्य छ ।
सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित सरकारले अस्पताल नभएका पालिकामा एकैदिन अस्पताल निर्माणको शिलान्यास गर्ने तयारी गरेको हो । ५, १० र १५ शैयाको आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय गरिसकेको छ । अस्पतालको भवन निर्माणका लागी सरकारले सम्वन्धित स्थानिय पालिकालाई आंशिक बजेट समेत पठाईसकेको छ ।


