मिस युनिभर्समा भिड्दै दाङकी जेनिसा – Kanika Khabar
Thursday, April 25Nepali News Portal

मिस युनिभर्समा भिड्दै दाङकी जेनिसा

    मा प्रकाशित

कनिका खबर
मंसिर ८, दाङ ।
मिस युनिभर्समा दाङकी जेनिसा राजभण्डारी भिड्दै छिन् । घोराही काठेकोहल निवासी जेनिसा मिस युनिभर्स नेपालमा ५०० भन्दा बढी प्रतिस्पधीहरुलाई पछि पार्दै टप ५० मा आएकी छिन् । २४ वर्षीया जेनिसाको उचाइ ५ फिट ६ इन्च रहेको छ ।

बाबु सन्देशकुमार राजभण्डारी र आमा नम्रता राजभण्डारीकी छोरी जेनिसा मिस युनिभर्स नेपालको टप १४ को लागि प्रतिस्पर्धामा रहेकी छिन् । काठमाडौँस्थित शंकरदेव क्याम्पसबाट बिबिएस गरेकी जेनिसा सिएको विद्यार्थी पनि हुन् । रोज फाउन्डेसन नेपालको प्रोग्राम कोअर्डिनेटर भएर काम गरिसकेकी जेनिसा मोडलिङमा रुचि राख्दछिन् ।

टप १४ को लागि अब उनलाई भोटको त्यतिकै आवश्यक पर्ने छ । यद्यपि उनमा रहेको ट्यालेन्ट त चाहिने नै छ । उनले आफूलाई टप १४ मा ल्याउन तथा मिन युनिभर्स नेपाल बनाउनका लागि सबैलाई भोट गरी सहयोग गर्न आग्रह गरेकी छिन् । उनले भनिन्,‘ मिस युनिभर्स नेपालको लागि म दाङकी छोरी भिडिरहेकी छु, अब मलाई बिजेता गराउन सबैको सहयोग आवश्यक छ, मेरो बिजेताले दाङलाई चिनाउन अवश्य मद्दत गर्नेछ । तपाईंको हरेक भोटले मेरो जितलाई सुनिश्चित गर्नेछ ।’

उनलाई भोट गर्नका लागि खल्ती एप तथा मिस युनिभर्स नेपाल एप डाउनलोड गरी प्रतिस्पर्धीको फोटो तथा भिडियोलाई लाइक, कमेन्ट र सेयर गर्न पर्नेछ । उनको कन्टेस्ट आइ डि १००४ रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्