कोरोना अपडेटः पछिल्लो २४ घण्टामामा थप १९८० जनामा पुष्टि, ३०४३ जना डिस्चार्ज र १६ जनाको मृत्यु – Kanika Khabar
Friday, March 29Nepali News Portal

कोरोना अपडेटः पछिल्लो २४ घण्टामामा थप १९८० जनामा पुष्टि, ३०४३ जना डिस्चार्ज र १६ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर

मंसिर ८, दाङ ।

पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ९ सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८१ पीसीआर परीक्षण भएका छन् ।

मन्त्रालयका अनुसार आज नयाँ थपिएका कोरोनाका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ४३ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख २ हजार ६७ जना पुगेको छ । यस्तै देशभरि सक्रिय सङ्क्रमितको संख्या हालसम्म १८ हजार ८ सय ८४ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ सय २९ जना रहेका छन्  ।

मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १६ लाख७० हजार ४५६ परीक्षणहरु गरिएका छन्  ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ सय ३७ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्