कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा – Kanika Khabar
Saturday, August 15Nepali News Portal

कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा

    मा प्रकाशित

मंसिर ८, दाङ ।

कक्षा १२ को भोलि देखि सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कोरोना भाइरस कोभिड–१९ का कारण वैशाखमा हुने भनिएको परीक्षा भोलिदेखि हुन लागेको हो ।

राष्ट्रिय परीक्षाका बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले परीक्षाको तयारी सकिएको र ‘स्वास्थ्यको मापदण्ड पालना गरेर ढुक्कका साथ विद्यार्थीले परीक्षा दिन सक्ने बताए । कोरोना भाइरसका कारण परीक्षा होम सेन्टरबाट नै गर्न लागिएको हो ।

कक्षा १२ को पढाइ हुने सबै विद्यालयलाई परीक्षा केन्द्र तोकिएको छ । कोरोनाका कारण परीक्षाको पूर्णाङ्क र समय पनि घटाइएको छ । अब डेढ घण्टामा ४० पूर्णाङ्कको लिखित परीक्षा हुने भएको छ । ४० प्रतिशत ११ मा प्राप्त गरेको नम्बर र २० प्रतिशत विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर नतिजा सार्वजनिक गरिने उनले बताए ।

स्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न बोर्डले सबैलाई अनुरोध गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पनि स्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न अपिल गरेका छन् ।

परीक्षा केन्द्रहरूमा भौतिक दूरी कायम गरी बस्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुनेजस्ता कोभिड सुरक्षण मापदण्ड कडाइपूर्वक पालना गर्नेलगायत परीक्षासम्बन्धी आवश्यक सम्पूर्ण पक्षहरूको व्यवस्थापन गरिएको हुँदा ढक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरेका छन् । कोरोना भाइरस सङ्क्रमित भए पुनः परीक्षा दिन पाउने व्यवस्था मिलाइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्