नातीले गरे हजुरआमाको हत्या – Kanika Khabar
Friday, March 29Nepali News Portal

नातीले गरे हजुरआमाको हत्या

    मा प्रकाशित

कनिका खबर
मंसिर ८,दाङ ।
आफ्नै हजुरआमा ८४ वर्षीया केशरी घर्तीलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा गढवा गाउँपालिका १, चिसापानी बस्‍ने २८ वर्षीय जीवन घर्तीलाई प्रहरीले पक्राउ गरेको छ ।

मानसिक सन्तुलन गुमाएको बताइएका जीवनले आफ्नै हजुरआमा, २८ वर्षीया श्रीमती, ९ वर्षीय छोरा, ६ वर्षीया छोरी र ३० वर्षीय दाजुसमेत पाँच जनालाई घरमा सुतिरहेको अवस्थामा एक्कासि चिर्पटले टाउकोमा हानी घाइते बनाएका थिए ।

कुटपिटबाट सख्त घाइते भएकी केशरी घर्तीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । कुटपिटबाट सामान्य घाइते भएका उनका दाजुको स्थानीय स्तरमा र सख्त घाइते भएका अन्य तीनजनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्