नआत्तिनुहोस् तर उच्च सतर्कता अपनाउनुहोस् : जनस्वास्थ्य कार्यालय दाङ – Kanika Khabar
Saturday, April 27Nepali News Portal

नआत्तिनुहोस् तर उच्च सतर्कता अपनाउनुहोस् : जनस्वास्थ्य कार्यालय दाङ

    मा प्रकाशित

कनिका डेस्क
जेठ ३, दाङ ।
जिल्ला जनस्वास्थ्य कार्यालय दाङले शुक्रबार नै एक विज्ञप्ति जारी गरी जिल्लावासीलाई नआत्तिन तर उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
शुक्रबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो अद्यावधिक अनुसार दाङका तीन जनामा कोरोना भाइरस पुष्टि भएपछि जिल्लावासी तथा छिमेकी जिल्लामा एक प्रकारको त्रास छाएको छ ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय अन्तर्गतको जिल्ला जनस्वास्थ्य कार्यालय दाङकी कार्यालय प्रमुख सुनिता पौडेलले एक विज्ञप्ति जारी गरी महामारीको रुपमा बढिरहेको कोरोना सङ्क्रमण दाङमा देखिनुलाई अप्रत्याशित नभएको बताएकी छिन् । विज्ञप्तिमा उल्लेख छ, ‘यसबाट कोही पनि नआत्तिएर लकडाउनलाई कडाइका साथ पालना गर्न हार्दिक अनुरोध गर्दछु । कोरोना भाइरसको सङ्क्रमण बढ्न सक्ने भन्दै नेपाल सरकारले लकडाउनको घोषणा गरेको छ । तर दाङमा लकडाउनको कडाइका साथ पालना हुन सकेको छैन ।’

साथै विज्ञप्तिमा भनिएको छ, ‘कोरोना भाइसर बढ्न नदिन जिल्ला स्वास्थ्य कार्यालय दाङ र जिल्लाका सम्बन्धित सबै निकायहरु व्यापक रुपमा खटिरहेका छन् । यसैक्रममा गाउँमा कुनै नवआथन्तुक व्यक्तिहरु सम्पर्कमा हुनुहन्छ भने आफ्नो गाउँपालिकाको क्वारेन्टाइन तथा स्वास्थ्य कार्यालयमा सम्पर्क गरिदिनहुन हार्दिक अनुरोध छ ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्