पाकिस्तानमा थय गरिएका परीक्षा स्थगित, शैक्षिक संस्था जनवरी १० सम्म बन्द – Kanika Khabar
Saturday, January 17Nepali News Portal

पाकिस्तानमा थय गरिएका परीक्षा स्थगित, शैक्षिक संस्था जनवरी १० सम्म बन्द

    मा प्रकाशित

एजेन्सी ।

                                                                                 तस्वीर : गेट्टी इमेज

पाकिस्तानमा सुचारु रहेका परीक्षा स्थगित हुनुका साथै शैक्षिक संस्था फेरि बन्द हुने घोषणा गरिएको छ । कोरोन भाइरसको संक्रमण बढेपछि पाकिस्तानमा फेरि शैक्षिक संस्थाहरु बन्दको घोषणा गरिएको हो।

सरकारी अधिकारीहरुले सोमबार गरेको घोषणा अनुसार आगामी बिहीबारदेखि शैक्षिक संस्थाहरु बन्द हुने भएका हुन् ।

घोषणामा शैक्षिक संस्था अर्को बर्षको जनवरी १० तारिखसम्म बन्द गर्ने उल्लेख गरिएको छ ।

शैक्षिक संस्थाहरु बन्द हुने भएपछि अहिले तय गरिएका सवै परीक्षाहरु पनि स्थगित गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

वर्ल्डोमिटर्सका अनुसार पाकिस्तानमा मंगलबार बिहान यो समाचार तयार पार्दासम्म ३ लाख ७६ हजार ९२९ जनामा संक्रमण पुष्टि भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्