२ लाख बढीले जिते कोभिड–१९ – Kanika Khabar
Monday, April 13Nepali News Portal

२ लाख बढीले जिते कोभिड–१९

    मा प्रकाशित

कनिका खबर
मंसिर ९, दाङ ।
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मुक्त हुनेको संख्या २ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४३ जना सङ्क्रमणमुक्त भएसँगै सङ्क्रमणमुक्त हुनेको संख्या २ लाख २ हजार ६७ जना पुगेको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८१ पीसीआर परीक्षण गरिएकोमा १ हजार ९ सय ८० जना सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको संख्या पनि २ लाख २२ हजार २ सय ८८ पुगेको छ ।पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ३७ पुगेको छ ।
देशभरि सक्रिय सङ्क्रमितको संख्या हालसम्म १८ हजार ८ सय ८४ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ सय २९ जना रहेका छन् । मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ७० हजार ४५६ परीक्षण गरिएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्