सुनको भाउ १८ सयले ओरालो लाग्यो – Kanika Khabar
Saturday, April 20Nepali News Portal

सुनको भाउ १८ सयले ओरालो लाग्यो

    मा प्रकाशित

कनिका खबर
मंसिर ९, दाङ ।
आज एकै दिनमा सुनको भाउ १ हजार ८ सयले ओरोलो लागेको छ । सोमबारको बजार भाउको तुलनामा सुनको भाउमा ठूलो गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा खरिद बिक्री भएको सुनको भाउ मंगलबार ९२ हजार पाँच सय रुपैयाँमा झरेको छ ।

यस्तै सोमबार ९३ हजार ८ सय रुपैयाँमा सोमबार कारोबार भएको तेजावी सुनको भाउ ९२ हजार रुपैयाँमा आपुगेको छ । यस्तै चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ ।
सोमबार १२ सय १० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ मंगलबार ११ सय ८० रुपैयाँ तोकिएको छ । कोरोना भाइरस ९कोभिड १९० को खोप विकासका विभिन्न चरणहरुबारे सकारात्मक समाचार विकसित भएपछि सुनमा लगानी गरिरहेका लगानीकर्ताहरु अन्यत्र लाग्दा भाउ ओरालो लागेको अनुमान गरिएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्