भेन्टिलेटरका लागि तुलसीपुरले उपमहानगरपालिकाले भवन बनाउने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

भेन्टिलेटरका लागि तुलसीपुरले उपमहानगरपालिकाले भवन बनाउने

    मा प्रकाशित

तुलसीपुर । तुलसीपुरमा भेन्टिलेटर सहित आइसियु सेवा सञ्चालन हुने भएको छ । राप्ती प्रादेशिक अस्पताल र तुलसीपुर उपमहानगरपालिकाबीच भएको सम्झौता अनुसार यसै आर्थिक वर्षमा सम्पन्न हुने गरी भवन निर्माणको काम अगाडी वढाइएको हो ।

योजना शाखा प्रमुख टेकवहादुर खड्काका अनुसार उपमहानगरपालिकाले भवन निर्माणका लागि ३५ लाख ६२ हजारको टेण्डर प्रक्रिया अगाडी वढाएको छ । उपमहानगरपालिकाले भवन निर्माण गरिदिने र प्रदेश सरकारकाले उपकरण सहयोग गरेपछि सेवा सूचारु हुने अस्पतालका अध्यक्ष पदमप्रसाद न्यौपानेले जानकारी दिए ।

तुलसीपुरमा आइसियु सेवा सञ्चालन नहुँदा यहाँबाट धेरै विरामीहरु रेफर हुने गरेका छन् । तत्काल आइसियु सेवा सञ्चालन होस् भन्नका लागि नगरस्तरीय बजेटबाट भवन निर्माणको काम अगाडी वढाइएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

उनले अस्पतालको सेवा सुधारका लागि जस्तोसुकै सहयोग गर्न पनि स्थानीय सरकार तत्पर भएको वताए । तुलसीपुरलाई स्वास्थ्य सेवाको केन्द्र वनाउनका लागि आफुहरु निरन्तर लागेको पनि उनको भनाई छ ।

यसैबीच तुलसीपुर उपमहानगरपालिका र राप्ती प्रादेशिक अस्पतालका विचमा भवन निर्माणको सम्झौता भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्