बर्दिवासमा प्रहरीको रबर गोली लागेर दुई जना घाइते – Kanika Khabar
Saturday, January 17Nepali News Portal

बर्दिवासमा प्रहरीको रबर गोली लागेर दुई जना घाइते

    मा प्रकाशित

मंसिर ९, बर्दिवास ।
महोत्तरीको बर्दिवासमा भइरहेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले चलाएको रबरको गोली लागेर दुई जना घाइते भएका छन् ।
आज दिउँसो प्रहरीले चलाएको रबरको गोली लागेर बर्दिवास नगरपालिका वडा नम्बर ५ का श्याम कार्की र वडा नम्बर १४ का अफताव आलम घाइते भएको प्रहरीले जानकारी दिएको छ । कार्कीलाई चार वटा रबरको गोली लागेको छ भने आलमको टाउकोमा चोट छ । उनीहरूको शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ ।

बर्दिवास नगरपालिका वडा नम्बर १४ को शुभम् वस्तीबाट हराएकी ६ वर्षिया बालिका गुलाव साहको शव गयराति फेला परेको थियो । उनको बलात्कारपछि हत्या भएको भन्दै आफन्तले प्रदर्शन गरिरहेका छन् । भिड नियन्त्रण लिन प्रहरीले अश्रुग्याँस र रबरका गोली चलाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्