नेपाल कोरोना सङ्क्रमणको ३७ औँ स्थानमा – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नेपाल कोरोना सङ्क्रमणको ३७ औँ स्थानमा

    मा प्रकाशित

कनिका खबर
मंसिर १०, दाङ ।

नेपाल कोरोना सङ्क्रमणको ३७ औँ स्थानमा रहेको छ ।
पछिल्लो अद्यावधिक अनुसार विश्वमा एकैदिनमा ११ हजार ६५२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । योसँगै विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ लाख १३ हजार ७३३ पुगेको वल्डोमिटर्सले जनाएको छ ।

एकैदिन ५ लाख ३४ हजार ७०१ संक्रमित थपिएका छन् । बुधबार बिहानसम्मको तथ्यांक अनुसार विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ७९ हजार ९१४ पुगेको छ ।

संक्रमित १ करोड ७१ लाख ५४ हजार ३५७ जनामा सक्रिय संक्रमण छ । उनीहरुमध्ये १ लाख ३ हजार ५६६ जनाको अवस्था गम्भीर रहेको छ ।

अहिलेसम्म ४ करोड १५ लाख ११ हजार ८२४ जनाले कोरोनालाई जितेका छन् ।

कोरोना संक्रमण सबैभन्दा बढी रहेको अमेरिकामा संक्रमित संख्या १ करोड २९ लाख ५१ हजार ७२९ पुगेको छ । अहिलेसम्म अमेरिकामा २ लाख ६५ हजार ८७३ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै दोस्रो धेरै संक्रमित रहेको भारतमा संक्रमित संख्या ९२ लाख २१ हजार ९९८ पुगेको छ । अहिलेसम्म भारतमा १ लाख ३४ हजार ७४३ जनाले ज्यान गुमाएका छन् ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्