ठगीको आरोपमा नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

ठगीको आरोपमा नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ

    मा प्रकाशित

मंसिर १०, काठमाडौँ ।
ठगीको आरोपमा नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेका छन् । ३ करोड रूपैयाँभन्दा बढी रकम ठगीको आरोपमा कलेजका तत्कालीन अध्यक्ष न्यौपाने पक्राउ परेका छन् ।

नेपाल इन्जिनियरिङ कलेजले ३ करोड ७१ लाख रुपैयाँ ठगेर न्यौपाने सम्पर्कबिहिन भएको उजुरी दिएपछि उनलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का निर्देशक डीआईजी सहकुल थापाले जानकारी दिए ।

उनलाई बुधबार दिउँसो काठमाडौंबाट पक्राउ गरिएको थापाले जानकारी दिए । न्यौपानेमाथि थप अनुसन्धान भइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्