रहेनन् प्रा.डा. भीष्मराज – Kanika Khabar
Wednesday, March 11Nepali News Portal

रहेनन् प्रा.डा. भीष्मराज

    मा प्रकाशित

कनिका खबर
मंसिर १०, काठमाडौँ ।
मुटुमा समस्या देखिएपछि गत कात्तिक २८ गते मेडिसिटी अस्पतालमा भर्ना भएका प्रा.डा. भीष्मराज प्रसाईको निधन भएको छ । ८९ वर्षीय प्रसाईको अस्पतालमा उपचारका क्रममा आज बुधबार साँझ निधन भएको हो ।

डा. प्रसाई नेपालमा मेडिकल कलेज स्थापनाको परिकल्पनाकार तथा प्रवर्तक थिए । साथै उनी त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालका संस्थापक कार्यकारी निर्देशक पनि थिए ।

उनका एक दर्जन जति साहित्यिक कृति प्रकाशित छन् ।

उनी भानुभक्त पुरस्कार (नेपाल सरकार), त्रिमूर्ति पुरस्कार, महाकवि देवकोटा शताब्दी सम्मान, नइ देरूनीख सुकीर्ति पुरस्कार आदिबाट सम्मानित भएका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्