पाँचवटा गोली लागेको अवस्थामा पौडेल फेला – Kanika Khabar
Saturday, April 20Nepali News Portal

पाँचवटा गोली लागेको अवस्थामा पौडेल फेला

    मा प्रकाशित

कनिका खबर
मंसिर ११, दाङ ।
पाँच वटा गोली लागेको आवस्थामा दाङका एक व्यक्ति फेला परेका छन् । जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ बराहाखुटी निवासी ४५ बर्षीय खुसलराम पौडेल गोली लागेर गम्भीर घाइते अवस्थामा जिल्लाकै लमही नगरपालिका वडा नं. ९ च्याउ खोलामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

प्रहरीका अनुसार पौडेलको पुठामा ३ वटा र दाहिने खुट्टाको तिघ्रामा थप २ वटा गोली लागेको छ । उनी हिजो बुधवार राति साढे ९ बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तरगत च्याउ खोलामा फेला परेका थिए । घाइतेको बाँकेको नेपालगञ्ज नरसिंह होममा उपचारपछि थप उपचारका लागि भारतको लखनौ लगिएको छ ।

‘घाइते हुनेवित्तीकै छोरालाई फोन गरेछन् । छोराको फोन नउठेपछि गाउँलेलाई फोन गरेर गाउँको सहयोगमा नेपालगंज उपचारका लागि लगियो,’ डिएसपी सिंहले भने–‘ त्यहाँ पुग्दा घाइते बोल्न नसक्ने अवस्थामा थियो । उतैबाट हामीलाई जानकारी आएकाले अनुसन्धानमा गए राति देखिनै खटेका छौ । वास्तविकता अहिलेसम्म पत्ता लाग्न सकेको छैन । ’

अनुसन्धानका लागि जिल्ला प्रहरी, तुलसीपुर र अमिलिया प्रहरीको टोली घटना स्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्