मंसिर ११, दाङ ।
दाङमा ८ जुवाडे पक्राउ परेका छन् । प्रहरीले जुवाको खालबाट ९४ हजार नगद रकम सहित ८ जनालाई नियन्त्रणमा लिएको हो । गढवा गाउँपालिका वडा नम्बर ५ स्थित भुषाल होटलमा जुवा खेलिरहेको गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट गएको प्रहरी टोलीले ती जुवाडेहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले गएराति साढे आठ बजे तिर ९४ हजार नगद रुपैयाँ सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर ६ निवासी टोप बहादुर बिसी,हरि भन्डारी, सन्दिप अधिकारी, खिम बहादुर बुढा, होमराज रिजाल, किशोर सिंह ठकुरी, मुरली यादव र गढवा गाउँपालिका वडा नम्बर ५ निवासी होटल संचालक डिल्लीराज भुषाल रहेका छन ।


