महासंघको अधिवेशन रोक्न सर्वोच्चद्वारा अस्वीकार – Kanika Khabar
Saturday, January 17Nepali News Portal

महासंघको अधिवेशन रोक्न सर्वोच्चद्वारा अस्वीकार

    मा प्रकाशित

कनिका खबर
मंसिर ११, दाङ
नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा रोक्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । आज सुरु भएको अधिवेशन रोक्न अन्तरिम आदेशको माग गर्दै रिट दायर भए पनि सर्वोच्चले अस्वीकार गरेको हो । शनिबार हुने निर्वाचनका मतदाता अवैधानिक रुपमा ल्याइएको दाबी गर्दै उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर दुईका अध्यक्ष शिवशंकर शाहले साधारणसभा नै रोक्न माग गर्दै मंगलबार रिट हाल्नुभएको थियो । महासंघको ५४औं साधरणसभा आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको छ । निवेदकको माग बमोजिम अन्तरिम आदेश भने जारी नभएको सर्वोच्च प्रशासनले जनाएको छ । शाहले यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पनि अधिवेशन रोक्क उजुरी दिएका थिए। रिट निवेदक शाहले महासंघ राष्ट्रिय निर्देशन ऐन २०१८ अन्तर्गत दर्ता भएको संस्था भएकोले सरकारको प्रत्यक्ष निगरानी रहने हुँदा कार्यकालमै रहेका पदाधिकारीले चुनाव गराउन नहुने जिकिर गरेका छन् । यसपटक महासंघको वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधान र चन्द्र ढकाल प्रतिस्पर्धामा छन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्