दुई देशबीचका समस्या समाधान गर्न सकारात्मक छलफल – Kanika Khabar
Friday, April 26Nepali News Portal

दुई देशबीचका समस्या समाधान गर्न सकारात्मक छलफल

    मा प्रकाशित

कनिका खबर
मंसिर ११, दाङ
नेपाल र भारतका परराष्ट्र सचिवहरुको दुईपक्षीय वार्ता सकिएको छ । वार्तामा परराष्ट्र सचिव भरतराज पौडेल र भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला सहभागी हुनुहुन्थ्यो । दुईपक्षीय औपचारिक वार्ता अगाडि दुई सचिवको बीचमा वार्ता भएको थियो । वार्तापछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै भारतीय विदेश सचिवले छलफलको राम्रो शुरुवात भएको र दुई देशको बीचमा समस्या समाधान गर्ने विषयमा छलफल भएको बताउनुभयो । वार्ता एकदमै उपलब्धीमूलक भएको र वार्ताका एजेण्डा एकदमै वृहत रहेका उहाँले बताउनुभयो । आर्थिक सहयकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा एकदमै उपयोगी छलफल भएको उहाँको भनाइ छ । बैठकपछि परराष्ट्र मन्त्रालयले एक ट्वीट मार्फत दुई देशका बीचमा एकदमै सौहार्द्धपूर्ण वातावरणमा छलफल भएको उल्लेख गरेको छ । काठमाडौस्थित भारतीय दूतावासले दुबै पक्षले थुप्रै द्विपक्षीय पहल र परियोजनामा भएको प्रगतिको सराहना गरेको जनाएको छ । आपसी सहकार्यलाई अगाडि बढाउन थप कदम चाल्ने सहमति पनि भएको दूतावासले भनेको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्