जनकपुरधाममा एक महिलाको शव भेटियो – Kanika Khabar
Wednesday, April 22Nepali News Portal

जनकपुरधाममा एक महिलाको शव भेटियो

    मा प्रकाशित

श्रीकान्त झा
मंसिर १२, जनकपुर ।
जनकपुरधाममा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रले दिएको जानकारी अनुसार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित बेलाकुट्टीमा रहेको स्थानीय सुरेश साहको घरमा डेरा लिई बस्ने राजेश चौरसियाकी २२ बर्षका श्रीमती रेखा चौरसिया हिजो मृत अवस्थामा फेला गर्नु भएको हो ।

बारा कलैया घर भई हाल जनकपुरमा डेरा लिई बस्दै आएकी रेखाको कर्तव्य गरि ज्यान मारेको हुनसक्ने आशंका गरिएको छ । मृतक र मृतकका श्रीमान दुवै सँगै बस्दै आएका थिए । घटना पछि मृतकका श्रीमान राजेश भने फरार रहेको र उनको खोजी जारी रहेको प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्