पौडेलमाथि गोली प्रहार गर्ने ३ जना पक्राउ, ११ जना अझै फरार – Kanika Khabar
Sunday, January 18Nepali News Portal

पौडेलमाथि गोली प्रहार गर्ने ३ जना पक्राउ, ११ जना अझै फरार

    मा प्रकाशित

कनिका खबर
मंसिर १२, दाङ ।
दाङका खुशलराम पौडेलमाथि गोली प्रहार गर्ने ३ जना पक्राउ परेका छन् । जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१३ बराहखुटी निबासी खुशलराम पौडेललाई गोली प्रहार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१३ बाख्रे निवासी २४ वर्षका कमल पुन, ३८ वर्ष राजु घर्ती र ४० वर्षका इन्द्र केसी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिए । उनीहरुलाई गएराति प्रहरीले घरबाटै पक्राउ गरेको हो ।

बुधबार राती लमही नगरपालका–९ च्याउखोलामा शिकार खेल्न गएको समयमा आफनै साथीले हानेको बन्दुकको गोली लागेर पौडेल घाइते भएका थिए । शिकार खेल्न १४ जना गएपनि ११ जना भने अझै फरार रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्