तेह्रथुमको आठराई गाउँपालिकाको थाेक्लुङमा व्यक्तिगत घटना दर्ता अनलाइन सेवाको उद्घाटन – Kanika Khabar
Friday, March 29Nepali News Portal

तेह्रथुमको आठराई गाउँपालिकाको थाेक्लुङमा व्यक्तिगत घटना दर्ता अनलाइन सेवाको उद्घाटन

    मा प्रकाशित

इन्द्र नेपाली
मंसिर १२, तेह्रथुम ।
तेह्रथुमको आठराई गाउँपालिका थाेक्लुङमा व्यक्तिगत घटना दर्ता अनलाइन सेवा एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
आठराई गाउँपालिका वडान ७ थाेक्लुङमा अायाेजित कार्यक्रममा गाउँपालिका अध्यक्ष मान बहादुर कन्दङवाले व्यानर पढेर कार्यक्रमकाे उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा जनप्रतिनिधि स्थानीय सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि स्थानीय बासि लगायतको उपस्थित रहेकाे थियो ।
यसै बिच गाउँपालिका अध्यक्ष मान बहादुर कन्दङवाले स्थानीय तेज बहादुर श्रेष्ठ र ज्ञानु श्रेष्ठका छाेरा प्रमिस श्रेष्ठलाई जन्म दर्ताकाे अनलाइन प्रमाणपत्र प्रदान गराएकाे अाठराई गाउँपालिका पञ्जिकरण सेवा ईकाईका प्रमुख कृष्ण प्रसाद चम्लगाईले बताए ।
कर्यक्रममा भगवती माविका प्रधानाध्यापक प्रेम प्रकाश लामिछाने आठराई गाउँपालिका शैक्षिक सल्लाहकार नन्द नेपाली आठराई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र बहादुर घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
जन्म ,मृत्यु, बिवाह बसाइँसराइ सम्बन्ध बिच्छेद जस्ता घटनालाई छिटो छरितो र प्रभावकारि ढंगले अनलाइन प्रणाली मार्फत सेवा दिईने भएको छ ।
वडान ७ थाेक्लुङबाट सुरु भएको कार्यक्रम अाठराई गाउँपालिकाका ७ वटै वडामा सञ्चालन हुने भएको छ ।
कार्यक्रम आठराई गाउँपालिका पञ्जिकरण सेवा ईकाई तेह्रथुमले आयाेजना गरेकोे हाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्