मंसिर १२, हेटौंडा ।
हेटौंडा उपमहानगरपालिकाले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले सञ्चालन गर्न लागेको ज्येष्ठ पत्रकार पेन्सन कार्यक्रमका लागि आज १० लाख रुपैयाँ सहयोग गरेको छ ।
आज शुक्रबार आयोजित कार्यक्रममा मेयर हरिबहादुर महतले नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । सहयोग रकमको चेक हस्तान्तरण गर्नुहुँदै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हेटौंडा उपमहानगरपालिकाले पहिले पनि पत्रकारहरुलाई सहयोग गर्दै आइरहेको र आगामी दिनमा पनि पत्रकार अक्षय कोषमा थप आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाका अध्यक्ष हरि हुमागाईले प्राप्त भएको रकम अक्षणकोषको रुपमा स्थापना गरेर व्याज आम्दानीबाट ज्येष्ठ पत्रकारलाई मासिक पेन्सन वितरण गरिने बताएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले ज्येष्ठ पत्रकार पेन्सन कार्यक्रमको कार्यविधि तयार पारिरहेको र आगामी साधारणसभाबाट कार्यविधि पारित गरिने जानकारी दिए ।
मा प्रकाशित


